पदाधिकारी

अशोक कुमार घिमिरे graphic

अशोक कुमार घिमिरे

प्रमुख

पढ्नुहोस..

बिजय लामा graphic

बिजय लामा

उप-प्रमुख

पढ्नुहोस..

गणेश गैरे graphic

गणेश गैरे

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

विष्णु प्रसाद रिमाल graphic

विष्णु प्रसाद रिमाल

सूचना अधिकारी

पढ्नुहोस..

रसुवा जिल्लाको सामान्य जानकारी

-नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वागमती अञ्चलको उत्तरीभाग चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको नजिकको विकट हिमाली जिल्ला हो रसुवा । हिन्दुहरूको पवित्र तीर्थस्थल गोसाईकुण्ड यहि जिल्लामा रहेको छ । यस जिल्लाको भौगोलिक वनौट, हावापानी, वनजंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातिहरूको बसोबास, रहनसहन, भेषभुषाका साथै जैविक विविधता बोकेकोे यस जिल्लाको आफ्नो पृथक ऐतिहासिक महत्व रहेकोछ । छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग मितेरी गाँसेर बसेको एक रमणीय जिल्ला हो । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने वास्तविकताको गहिराहीमा पुग्ने हो भने स्थानीय भाषामा “र” को अर्थ “भेडाच्याङग्रा” र “सोवा” को अर्र्थ “चराउने वा राख्ने ठाउँ” भन्ने वुझिन्छ । अर्थात प्रशस्त चरन क्षेत्र र भेडाच्याङग्रा पाइने ठाउँ भएकोले “रसोवा” भन्ने गरेको र स्थानीय बोलचालको भाषामा अप्रभंश भएर पछि रसुवा भनिन थालिएको विश्वास गरिन्छ । रसुवा जिल्ला अक्षांशको हिसावले २८ डिग्री शुन्य मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशसम्म र ८५डिग्री १५ मिनेट देखि ८५ डिग्री ५० मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । सदरमुकाम धुञ्चेको उचाई १९५० मिटर रहेको छ । भौगोलिक वनावटको हिसावले उच्च हिमशिखर, नाङ्गा पहाड, भीर, पाखापखेरा, केही पहाडी एवं वेशी भू–भाग रहेको यस जिल्लालाई मुख्यतया तीन भागमा विभाजन गर्न सकिन्छ ।
थप पढ्नुहोस्

बजेट तथा कार्यक्रम

नमुना फारमहरू

सार्वजनिक खरिद / बोलपत्र

बिल सार्वजनिकिकरण

Skip to toolbar