स्थानीय तह पुन संरचना प्राविधिक सहयोग समितिको आयोजनामा यस जिल्लाको पुन संरचना सम्बन्धमा छलफलका लागि मिति २०७३ श्रावण १० गते विहान ११ बजे जि.वि.स. रसुवामा, २०७३ श्रावण ११ गते विहान ११ बजे माथिल्लो भेगको लागि स्याफ्रुवेंशी र २०७३ श्रावण १२ गते विहान ११ बजे दक्षिणी भेगको लागि कालिका हिमालय क्याम्पस कालिकास्थानमा वहालवाला माननिय/पूर्व माननिय, जिल्लाका प्रशासक तथा सुरक्षा निकाय, जिल्लामा क्रियाशिल राजनितिक दल, स्थानीय निकायका पूर्व पदाधिकारीहरु (सभापती, उपसभापती, क्षेत्रिय सदस्य, गाविस अध्यक्ष/उपाध्यक्ष लगायत) नागरिक समाज, बृद्धिजिवी, कानुन व्यवसायी, पत्रकार, उद्योग वाणिज्य संघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ, महिला, बालबालिका, अपांगता क्षेत्र संग सम्बसन्धि समन्वय समितिहरु, सरकारी कार्यालय प्रमुख लगायत सरोकारवालाहरुसँग छलफल कार्यक्रम राखिएको हुँदा माथि उल्लेखित सम्पूर्णमा उपस्थित भै आफ्नो अमुल्य सुझाबको लागि आव्हान गरिन्छ । जिल्ला विकास समिति, रसुवा