गाउँपालिकाहरुः
क. आमाछोदिङमो गाउँपालिका
ख. उत्तरगया गाउँपालिका
ग. कालिका गाउँपालिका
घ. गोसाईकुण्ड गाउँपालिका
ङ. नौकुण्ड गाउँपालिका
क. आमाछोदिङमो गाउँपालिकाः
https://aamachhodingmomun.gov.np/
ख. उत्तरगया गाउँपालिकाः
रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९ नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८२५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगालेको र तदअनुरुपका स्थानीय तह घोषणा भए पश्चात स्थानीय तहले आफ्नो क्षेत्रको विकासको जिम्मेवारी प्रभावकारी तरिकाले निर्वाह गर्नुपर्ने हालको पहिलो आवश्यकता देखिएको छ । जनताको सबैभन्दा निकटको सरकारको रुपमा गाउँपालिका अथवा नगरपालिकाको व्यवस्था गरेको छ । जस अनुसार स्वायत्तताको उच्चतम अभ्यास तथा विकेन्द्रीकरणको माध्यमद्वारा स्थानीय शासनमा सहभागिता, जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्वको मर्मलाई समेत उच्चतम महत्व दिइएको छ । स्थानीय जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो र प्रभावकारी बनाई विकास प्रक्रियालाई समेत उच्च गति दिनुपर्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ । सहकारीता, समन्वय र सहअस्थित्वका आधारमा संचालन हुने स्थानीय शासन प्रक्रियामा जनसहभागिता र साझेदारीको सुदृढीकरण गर्न नीतिगत तथा व्यवहारिक अभ्यासहरु अगाडी बढि रहेका छन्। विकसति सन्दर्भमा संविधान प्रद्धत्त अधिकार बमोजिमको भुमिका निर्वाह गर्न नवनिर्वाचित पदाधिकारीको कुशल नेतृत्वमा शासन संचालन र विकास प्रकृयालाई प्रभावकारी रुपले दिशानिर्देश गर्नु आवश्यक छ । स्थानीय सरकारका गतिविधिहरुबाट जनआकांक्षाको व्यवस्थापनमा अपेक्षित नतिजा हासिल गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ । विद्यमान आर्थिक सामाजिक अवसरहरु एवं गाउँपालिकाको आर्थिक श्रोत, श्रोतका अन्य सम्भावनाहरु, मानव संसाधन लगायतका उपलव्ध अन्य श्रोतहरुको अधिकतम उपयोग गरी प्राथमिकताका आधारमा योजनाहरुको चयन गर्न सघाउ पुग्ने हुन्छ । तथ्यमा आाधारित योजना र नतिजमुलक विकासका लागि सहयोग पुर्याउनका लागि सूचना तथा अन्य तथ्यांकहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वस्तुस्थिति विवरणले गाउँपालिका तहमा तर्जुमा हुने योजनाका लागि समेत सूचनाको आधार तयार गर्न महत्वपूर्ण हुनेछ । विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाका साथसाथै सरोकारवालासँगको परामर्श र विगतका सफल अभ्यासको आधारमा तयार गरिएको वस्तुस्थिति विवरणले गाउँपालिकाको सेवा प्रवाह, आन्तरिक स्रोत परिचालन तथा योजनावद्ध विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
https://www.uttargayamun.gov.np/
ग. कालिका गाउँपालिकाः
रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट २४ किमी दक्षिणपूर्व अर्थात् रसुवाको दक्षिणी सिमानामा पर्ने फलाँखु खोलादेखि उत्तरतिर अवस्थित लाम्चो र चेप्टो भूबनौटमा फैलीयेको साबिक धैबुङ गाउँ विकास समिति, लहरेपौवाको वडा नं ८ र राम्चे गाविस मिलेर बनेको मनोरम बस्ती नै कालिका गाउँपालिका हो | नेपालमा अन्य पहाडी भेगले ओगटेको गुण झैँ यसले पनि सम्पूर्ण गुण ओगटी प्राकृतिक हराभराले सुसज्जित भै रसुवाली मातृभूमिको उदरभित्र मस्तसँग पलेटी कसेर जनतालाई आश्रय दिइरहेको छ कालिका गाउँपालिका |
कालिका गाउँपालिका नुवाकोटसँग सिमाना जोडिएको फलाँखुखोला वा कुँडुल्ले फाँटदेखि सुरु भएर इटपारे, बेतीनी, कतुन्न्जे, कालिकास्थान, गुम्बोडाँडा हुदैँ राम्चेसम्म पश्चिम उत्तरतर्फा फैलिएको छ भने पूर्व उत्तरमा फलाँखुखोला, आम्बाबास, रुप्सेपानी, जिबजिबे, ज्याङलाङदेखि लोकिलसम्म फैलिएको छ |
साबिकको धैबुङ गाबिसको कार्यलयलाई केन्द्र तोकिएको यो गाउँपालिकाको क्षेत्रफल १२९.५४ वर्ग किमी रहेको छ |
राजनैतिक तथा प्रशासनिक विभाजन |
---|
प्रदेश नं : | तीन |
अञ्चल : | बागमती |
जिल्ला : | रसुवा |
गाउँपालिका : | कालिका |
क्षेत्रफल : | १२९.५४ (वर्ग किमी) ४८.३ किमी दुरी (बोडर) |
अक्षांश : | २७°५८’ देखि २७°०५’ सम्म |
देशान्तर : | ८५°११’ देखि ८५°१५’ सम्म |
उचाई : | ६५८ मिटरदेखि ३९९४ मिटरसम्म |
वडा संख्या : | पाँच |
भूगोलिक अवस्थिति र सिमाना :
यस गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत समुन्द्री सतहबाट ६५८ मिटर कुँडुल्ले फाँटदेखि ३९९४ मिटर उचाई (लारानि) सम्म फैलिएको छ | जस्को पूर्वमा नौकुण्ड गाउँपालिका, पश्चिममा
उत्तरगया गाउपालिका, दक्षिण फलाँखुखोला (नुवाकोटसँग जोडिएको ) र त्रिशुली खोला तथा उत्तरमा गोसाईकुण्ड गाउँपालिका अन्तर्गतको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्दछ |
धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ | |
१. ११००-१५०० उचाईसम्मका भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ \
२. १५०० भन्दा माथि ३९९४ सम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ |
३. ६५८ देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ |
भू-उपयोग : (वर्ग किमिमा)
क्र. सं. | भू-उपयोगिता | क्षेत्रफल (ब.किमी) |
---|---|---|
१ | घाँसे मैदान | २७.५१ |
२ | कडा काठ पतझड जङ्गल | ६.७७ |
३ | कडा काठ उष्ण जङ्गल | १.१८ |
४ | मिस्रित विशालु पतझड वनस्पति | ११.२७ |
५ | मिस्रित पतझड जङ्गल | ९.२८ |
६ | संरक्षित मिस्रित उष्ण जङ्गल | &१५.५२ |
७ | खेतीयोग्य जमिन | ५४.७५ |
८ | झाडी क्षेत्र | १४१.६६ |
९ | सदाबहार जङ्गल | १.१७ |
जम्मा | २६९.११ |
ऐतिहासिक पृष्ठभूमिः
कालिका गाउँपालिका साबिक धैबुङ, राम्चे गाबिसका पुरै वडा, लहरेपौवा ८ नम्बर वडा र भोर्ले १, ६, ८, र ९ नम्बर वडा मिलेर बनेको छ | साबिक धैबुङ गाबिसमा पर्ने कालिका माईको मन्दिरको नामबाट नै यस गाउँपालिकाको नामकरण भएको हो | सो मन्दिरलाई धैबुङ चित्रकलिका मन्दिर पनि भनिन्छ | गाउँपालिकाको हिशाबले यहाँ धेरै एतिहाँसिक पृष्ठभूमि नभए पनि यहाँ रहेका बिभिन्न स्थलहरुको एतिहाँसिक महत्व रहेको छ |
https://kalikamunrasuwa.gov.np/
घ. गोसाईकुण्ड गाउँपालिकाः
गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्लाको ऐतिहासिक र पर्यटकीय महत्व बोकेको गाउँपालिका हो । राज्यको पूर्नसंरचना पश्चात रसुवा जिल्लाका साविकका धुन्चे, स्याफ्रु, बृद्धिम, थुमन, टिमुरे र लाङटाङ गा.वि.स. हरुलाई एकीकृत गरी गठन भएको यो गाउँपालिका रसुवा जिल्लाको करीव ५१ प्रतिशत भूभागमा फैलिएको छ। ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपले अत्यन्त सम्भावना रहेको यो गाउँपालिकाको पूर्वमा सिन्धुपाल्चोक जिल्ला र चिन, पश्चिममा आमाछेदिङमो, उत्तरगया र कालिका गाउँपालिका, उत्तरमा चिन र दक्षिणमा नौकुण्ड गाउँपालिका, नुवाकोट जिल्ला र सिन्धुपाल्चोक जिल्ला पर्दछन् ।
६ वटा वडाहरु रहेको यस गाउँपालिकाको कूल क्षेत्रफल ९७८.७७ वर्ग मिटर रहेको छ। वि.सं. २०६८ सालको जनगणना अनुसार ७१४३ जनसंख्या रहेको यस गाउँपालिकामा प्रसिद्ध तीर्थस्थल गोसाईकुण्ड ताल रहेको छ। पर्यटकीय दृष्ट्रिकोणले रमणीय क्षेत्र लाङटाङ हिमाल, क्यान्जिङ भ्याली, ऐतिहासिक महत्व बोकेको रसुवागढी नाका समेत यस गाउँपालिकामा पर्दछन। गोसाईकुण्ड तालको अलवा सुर्यकुण्ड, भैरवकुण्ड, दुधकुण्ड, सरस्वतीकुण्ड आदि कुण्डहरुले यो गाउँपालिकाको पहिचानमा थप टेवा दिएको पाइन्छ। उल्लेखित हिमाल, ताल तथा कुण्ड, लाङटाङ राष्ट्रिय निकुञ्च, नागथली, रिभरकुण्ड, तामाङ संग्रहालय, विश्वको दुर्लभ जनावर रेडपाण्डा आदि यहाँका पर्यटकीय आकर्षणका आधारहरु हुन्।
रसुवा जिल्लाको सदरमुकाम रहेको धुन्चे बजार, गाउँकार्यपालिकाको केन्द्र रहेको स्याफ्रवेशी बजार र ऐतिहासिक रसुवागढी नजिक रहेको टिमुरे बजार यहाँका प्रमुख बजार क्षेत्रहरु हुन। गाउँपालिका ६ वटा वडाहरुमध्ये ५ वटा वडाहरु लाङटाङ राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र भित्र पर्दछन्। चिलिमे जलविद्युत केन्द्र, रसुवागढी जलविद्युत कम्पनी, लाङटाङ भोटेकोशी जलविद्युत आयोजना, माथिल्लो त्रिशुली ‘ए‘ (२१६ मे.वा.) जल विद्युत आयोजना र लाङटाङ खोला जलविद्युत आयोजनाको प्रभावक्षेत्रमा पर्ने यस गाउँपालिकाका जनताको जीउने मुख्य आधार पर्यटन व्यवसाय हो। पशुपालन, फलफूल खेती, याक चिज उत्पादन आदिवाट समेत यहाँका जनताले आय आर्जन गर्ने गरेको पाईन्छ।
ङ. नौकुण्ड गाउँपालिकाः
नौकुण्ड गाउँपालिका बागमती अंचलको रसुवा जिल्लामा अवस्थित छ | वि.सं. २०७३/११/२७ गते राजपत्रमा सूचना प्रकाशित भए संगै देशका विभिन्न ७५३ वटा स्थानीय तह संगै यो गा.पा. पनि अस्तित्वमा आएको हो | पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा., उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासंग जोडिएको यो गा.पा. १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ | स्थानीय वासिहरुलाई सर्वसुलभ ढंगले सेवा उपलब्ध गराउन यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ | साबिकका यार्सा,सरमथली र भोर्ले गा.वि.स.लाई समावेश गरि यो गा.पा.को निर्माण गरिएको हो |रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गा.पा को कुल जनसंख्या ११८२४ रहेको छ |
रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको नौकुण्ड गाउँपालिकाको सबै भन्दा ठुलो सबल पक्ष यसको मानव संसाधन रहेको छ | यसका अतिरिक्त यस गाउँपालिकामा रहेका नदि नाला,वन,कृषि योग्य भूमिले यस गाउँपालिकाको विकासलाई सकारात्मक दिशा तर्फ डोर्याउन सहयोग गर्ने विषयमा दुई मत छैन | साथै नुवाकोट जिल्लाका अतिरिक्त कालिका र गोसाईकुण्ड गाउँपालिकासंग यस गाउँपालिकाको सिमाना जोडिनुले यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपेको छ |
यद्यपी यस गाउँपालिकामा विद्यमान गरिबी, अशिक्षा, पर्याप्त संचार सुविधाको अभाव, उद्योग कलकारखानाको अभाव,सरसफाई सम्बन्धि जनचेतनाको अभाव,परम्परागत र निर्वाहमुखी कृषि प्रणाली,सडक संजालको अपेक्षाकृत विस्तार नहुनु,सक्षम मानव संसाधनको विदेश पलायन, बाल विवाह आदि यस गाउँ पालिकाका प्रमुख समस्याका रुपमा रहेका छन् |
स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात यस गाउँपालिकामा समेत राजनीतिक नेतृत्वको अभावमा लामो समयसम्म विद्यमान रहेको राजनीतिक शुन्यताको अन्त्य भएको छ | स्थानीय शासन र विकास निर्माणमा प्रत्यक नागरिक आफै संलग्न हुने वातावरण बनेको छ | राजनीतिक प्रणालीप्रति नागरिकको भरोसा पुनर्स्थापित हुने क्रममा रहेको छ | यस गाउँपालिकाको बजेट तुलनात्मक रुपमा ढिलो प्रस्तुत भएता पनि विकासका प्रत्येक आयाम र विकास प्रक्रियामा प्रत्येक विषयगत कार्यालयहरुले भूमिका खेल्न सक्ने गरि बजेट तर्जुमा गरिएको छ |
https://www.naukundamun.gov.np/