परिचयः
नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती प्रदेश अन्तर्गतको उत्तरीभाग चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको नजिकको विकट हिमाली जिल्ला हो । हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल एवं ऐतिहासिक गोसाईकुण्ड(४३८० मि.) यसै जिल्लामा रहेको छ । जिल्लाको भौगोलिक वनौट, हावापानी, वनजंगलको विविधता, नदीनाला र जलकुण्ड विभिन्न जातजातिहरूको बसोबास, रहनसहन, भेषभुषाका साथै जैविक विविधता बोकेकोे यस जिल्लाको आफ्नो पृथक ऐतिहासिक महत्व रहेकोछ । छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग मितेरी गाँसेर बसेको एक रमणिय जिल्ला हो । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने वास्तविकताको गहिराहीमा पुग्ने हो भने स्थानीय भाषामा “र” को अर्थ “भेडाच्याङग्रा” र “सोवा” को अर्र्थ “चराउने वा राख्ने ठाउँ” भन्ने वुझिन्छ । अर्थात प्रशस्त चरन क्षेत्र र भेडाच्याङग्रा पाइने ठाउँ भएकोले “रसोवा” भन्ने गरेको र स्थानीय बोलचालको भाषामा अप्रभंश भएर पछि रसुवा भनिन थालिएको विश्वास गरिन्छ ।
रसुवा जिल्ला अक्षांशको हिसाबले २८ डिग्री शुन्य मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री १५ मिनेट उत्तरी अक्षांशसम्म र ८५डिग्री १५ मिनेट देखि ८५ डिग्री ५० मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । सदरमुकाम धुञ्चेको उचाई १९५० मिटर रहेको छ । भौगोलिक वनावटको हिसावले उच्च हिमशिखर, नाङ्गा पहाड, भीर, पाखापखेरा, केही पहाडी एवं वेशी भू–भाग रहेको यस जिल्लालाई मुख्यतया तीन भागमा विभाजन गर्न सकिन्छ ।
अ) हिमाली प्रदेश :
यस क्षेत्रमा गणेश हिमाल, लाङटाङ हिमाल, लाङटाङ लिरूङ, यलापिक, लाङसिसा खर्क, साङजेन खर्क लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँ जमिरहने पर्वत श्रृखलाहरू पर्दछन्।
आ) लेकाली प्रदेश :
समुन्द्री सतह देखि २५०० भन्दा माथिका उच्च पहाडी भाग जहाँ सधै हिउँदको मौसममा वरावर हिमपात हुने यस क्षेत्रमा पर्दछन् । विशेष गरी लाङटाङ, क्यान्जिङ, घोडातबेला, गोसाईंकुण्ड, लौरीविनायक, चन्दनवारी, माङचेत, सोमदाङ, गञ्जला भञ्ज्याङ आदि यस प्रदेशमा पर्ने मुख्य स्थानहरू हुन । यस भेगका मानिसहरू मौसम अनुसार वसोवास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् भने भेडाबाख्रा, चौरी आदि पालन गर्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन भएको महशुस हुन्छ ।
इ) पहाडी तथा वेंसी प्रदेश :
समुन्द्री सतहदेखि २,५०० भन्दा तलको भागलाई यस जिल्लाको भू– स्वरूप अनुसार पहाडी भागमा समावेश गर्न उपयुक्त हुने देखिन्छ । वेत्रावती, पैरेवेसी, स्याफ्रुवेसी, फलाखु खोलाको किनार आदि नगन्य मात्रामा वेसी परेका स्थानहरू भएतापनि मुख्य मुख्य स्थानहरू पहाडी भू–भाग भएकोले स्थानीय जन–जीवनमा पहाडी प्रभाव अत्यधिक रहेको छ । धुञ्चे, गोल्जुङ, यार्सा, सरमथली, कालिकास्थान, लहरेपौवा, ठूलोगाउँँ आदि यस क्षेत्रका प्रमुख स्थानहरू हुन । यहाँको जन–जीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । खेतीपाती, पशुपालन यस भेगका बासिन्दाहरूको मुख्य पेशा व्यवसाय रही आएको छ ।
क) हावापानी
साधारणतया, यहाँको हावापानी १,९०० मिटर भन्दा माथिको उचाईमा धेरै चिसो पाईन्छ । विषम धरातलिय स्वरूपको कारण हावापानीमा पनि विषमता हुनु स्वाभाविकै मानिन्छ । ५,००० मिटर भन्दा माथिको हिमाली भेगमा ज्यादै चिसो हावापानी, लेकाली प्रदेशमा ज्यादै चिसो र गर्मी याममा केहि उष्ण हुने गर्दछ । वेसी भू–भागमा प्रायः उष्ण हावापानी हुने भएकोले हावापानीको एकीन अवस्था पहिल्याउन कठिन छ । मनसुनी वर्षा र लेकाली हिमाली वर्षा हुने भएकोले करिव जेष्ठ महिना देखि आश्विन महिनासम्म प्रसस्त वर्षा हुने, मौसम प्रायः वदली रहने गर्दछ । आश्विन, कात्र्तिक, फाल्गुण, चैत्र र वैशाख महिनामा मौसम निकै राम्रो र सफा हुने गर्दछ ।
ख) भू– उपयोग
टोपोग्राफिक नक्सा १९९४/९८ का अनुसार यस जिल्लाको कूल क्षेत्रफल १,५१९.३१ वर्ग कि.मि. र राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार १५४४ वर्ग कि.मि.रहेको छ । जस मध्ये हवाई मैदान ०.०४ वर्ग कि.मि., झाडी क्षेत्र ६३.११ वर्ग कि.मि., १,५१२ वर्ग कि.मि., खेती योग्य जमिनको क्षेत्रफल ११९.१४ वर्ग कि.मि., जंगल ३८४.८८ वर्ग कि.मि., हिमनदी ९०.६८ वर्ग कि.मि., घाँसे जमिन १७५.४० वर्ग कि.मि., बरफ–चट्टान ०.५३ वर्ग कि.मि., बलौेटे क्षेत्र ७.७५ वर्ग कि.मि., खेर गएको जमिन ६३५.५४ वर्ग कि.मि. र जल क्षेत्र ४२.२४ वर्ग कि.मि. रहेको छ । प्रति वर्ग कि.मि.२८ जनाको जनघनत्व रहेको छ । जम्मा घरधुरी संख्या ९,७७८ रहेको तथ्यांकबाट देखिन्छ ।
ग) भौगोलिक सीमाना
यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा नुवाकोट जिल्लासँग सीमाना जोडिएको छ ।
घ) प्रशासनिक विभाजन
प्रदेश – बागमती प्रदेश
गाउँपालिका
- आमाछोदिङमो गाउँपालिका,
- उत्तरगया गाउँपालिका,
- कालिका गाउँपालिका,
- गोसाईकुण्ड गाउँपालिका
- नौकुण्ड गाउँपालिका
ङ) भूगोल तथा राजनीतिक विभाजन
क्र.सं. | संघीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र संख्या | प्रदेश सभा निर्वाचन क्षेत्र संख्या | गाउँपालिका |
१ |
१ |
“क” र “ख” |
|
च) जनसंख्या
राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार यस जिल्लाको कुल जनसंख्या ४३,३०० छ । जसमध्ये पुरूष २१,४७५ र महिला २१,८२५ छन्् ।
छ) जाती, भाषा र धर्म
यहाँका मुख्य जातिहरूमा तामाङ, शेर्पा, घले, व्राम्हण, क्षेत्री, गुरूङ, दमाई, कामी र नेवार छन्् । यी जातिहरूद्धारा तामाङ, नेपाली, शेर्पा, गुरूङ र नेवारी भाषा बोल्दछन् भने बौद्ध, हिन्दु र क्रिश्चियन धर्म मान्दछन्् ।
ज) स्वास्थ्य सेवा
- अस्पताल संख्या – २ (३०शैया )
- प्राथमिक स्वास्थ्य केन्द्र – ५
- स्वास्थ्य चौकी – ११
- उप–स्वास्थ्य चौकी – ६
- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र – १
- आयुर्वेद केन्द्र – २
- उपलब्ध एम्बुलेन्स सेवा – ६
श्रोत : जिल्ला स्वास्थ्य कार्यालय,रसुवा
झ) हुलाक सेवा
- जिल्ला हुलाक कार्यालय -१
- इलाका हुलाक कार्यालय -४
- अतिरिक्त हुलाक -१३
- पत्र मञ्जुषा संख्या -१९
ञ) टेलिफोन सेवा
नेपाल टेलिकमको ल्याण्ड लाईन र मोबाईल सेवा तथा एन.सेल.को मोबाईल सेवा सञ्चालनमा रहेको । नेपाल टेलिकम, वर्ल्डलिंक, वर्ल्डफाईवर, सुबिसु लगायतको दुरसञ्चार कम्पनीले ईन्टरनेट सेवा प्रदान गरिरहेका छन् ।
ट) विद्युत सेवा
जिल्लाका ५ वटै गाउँपालिकामा राष्ट्रिय प्रसारण लाईनद्वारा वितरित विद्युत सेवा उपलब्ध छ । हाल जिल्लामा चिलिमे जलविद्युत कम्पनी लि. (२२ मे.वा.) निर्माण सम्पन्न भै राष्ट्रिय प्रशारण लाईनमा जडान भएको अवस्था छ भने माथिल्लो त्रिशुली ३ए(२१६ मे.वा.), रसुवनगढी जलविद्युत आयोजना(१११ मे.वा.), सान्जेन जलविद्युत आयोजना ए र बि (७६ र ४६ मे.वा) लगायतका १८ वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन ।
ठ) बैकिङ तथा बित्तीय सेवा
यस जिल्लामा नेपाल बैंक लि., राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैक जस्ता सरकारी र बैंक अफ काठमाडौं लगायतका निजी क्षेत्रबाट सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक कारोवार र बैंकिङ सेवा प्रदान गरी रहेका छन् ।
ड) कृषि तथा पशु सेवा केन्द्र
कृषि तथा पशु सेवा सम्बन्धी सेवाहरु हाल सबै गाउँपालिकाबाट प्रदान भै रहेको छ ।
ढ) नदीनाला, ताल तथा पोखरी
यस जिल्लाबाट वाहिर बगेर निस्कने नदीहरूमा त्रिशुली, भोटेकोशी र फलाखु मुख्य छन् । त्रिशूलीको उद्गम स्थल प्रशिद्ध तीर्थस्थल गोसाँईकुण्ड हो भने भोेटेकोशी चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपाल प्रवेश गरी टिमुरे, गोल्जुङ, स्याफ्रु, धुन्चे, हाकु, गतलाङ, राम्चे, डाडाँगाउँ, ठूलोगाउँँ, लहरेपौवा हुदै वेत्रावतीबाट नुवाकोट जिल्ला प्रवेश गर्दछ । भोटबाट आएको भोटेकोशी स्याफ्रुवेंसीमा लाङटाङ खोलालाई आफुमा लीन गराउदै साविकको धुञ्चे गा.वि.स.को सीमाना त्रिशूली नदीको संगम स्थलमा समाहित भएपश्चात त्रिशूली नदीको नामले प्रवाहित हुन्छ । लाङटाङ हिमालको हिमनदीको पानीबाट शुरू हुने लाङटाङ खोला ठाउँ ठाउँमा भीरपाखा, पखेरामा आफ्नो स्वरूप खोला, झरना हुदै भोेटेकोशीमा बिलिन हुन्छ । यस्तै अन्य खोलाहरूमा चिलिमे खोला, मैलुङ खोला, नेसिङ खोला, घट्टे खोला र अन्य स–साना खोलाहरू जिल्लाका प्रत्येक भागमा असंख्य मात्रामा रहेका छन् ।
यस्तै गोसाईकुण्ड, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दूधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू यस जिल्लाका विभिन्न स्थानहरूमा अवस्थित छन् ।
ण) यातायात
यस जिल्लाको ५ वटै गाउँपालिकाहरुमा सडकको पहुँच पुगेको छ ।
तपशिलः
सि.नं. सडकको नाम लम्बाई
१. वेत्रावती–सोमदाङ ८३ कि.मि. मध्ये हाल वेत्रावती देखि स्याफ्रुवेंसीसम्म ५५ की.मी.कालोपत्रे बाँकी ग्राभेल कच्ची
२. कालिकास्थान –सरस्यू ६ कि.मि. ग्रावेल÷कच्ची
३. धुञ्चे शिवमन्दिर– जिल्ला अस्पताल १.५ कि.मि. ग्रावेल
४. गोल्जुङ बाहुनडांडा – चिलिमे , थाम्वुचेत ५ कि.मि. ग्रावेल
५. वेत्रावती –पैरेवेशी– मैलुङ ७ कि.मि. ग्रावेल
६. बोगटीटार–सिम्ले –भोर्ले १२ कि.मी. ग्रावेल÷कच्ची
७. स्याऊबारी–लौकिल–लाङबु–दोकलाङ १६ कि.मी. ग्रावेल÷नयाँ ट्रयाक÷कच्ची
८. लच्याङ–सरमथली–पाटीखर्क ८ कि.मी. नयाँ ट्रयाक÷कच्ची
९. शान्तिबजार–डाँडागाउँ ४ कि.मी. नयाँ ट्रयाक÷कच्ची
१०. बनुवा–कर्मिडाँडा–ढुंगे –कालिकास्थान १० कि.मी ग्रावेल
११. वेतीनि–उपल्लोपौवा २ कि.मि. नयाँ ट्रयाक
१२. धारापानी –रुप्सेपानी– जिवजिवे ९ कि.मि. नयाँ ट्रयाक
१३. धारापानी – तारुके ३ कि.मि. नयाँ ट्रयाक
१४. बनुवा–चौकीटार–बोगटीटार ३ कि.मि. नयाँ ट्रयाक
१५. गत्लांग ग्रे हाकु कृषि सडक ६ कि.मि. नयां ट्रयाक
१६. दशमुरे धुसेनी रुप्सेपानी सडक ३.५ कि.मि. नयां ट्रयाक
१७. भोर्ले चिति खाल्चेत सरस्र्यु सडक ६ कि.मि. नयां ट्रयाक
१८. लच्र्याङ निर्कुभुमे यार्सा सडक ४ कि.मि. नयां ट्रयाक
१९. सोले भिमली कृषि सडक १ कि.मि. नयां ट्रयाक
२०. सानोभार्खु ब्रावल ठुलो स्याफ्रु कषि सडक ३ कि.मि.नयां ट्रयाक
२१. गत्लांग च्याम्तोल गोल्जुंग रोंगा कृषि सडक ३ कि.मि.नयां ट्रयाक
२२. रोंगा पाजुंग तातोपानी सडक २ कि.मि. नयां ट्रयाक
२३ मिनरल वाटर नागुन सडक १.५ कि.मि. नयां ट्रयाक
२४ स्याफ्रुवेशी देखि रसुवागढी सडक १६ कि.मि. ग्राभेल
त. जिल्लाको शैक्षिक अवस्था
राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार यस जिल्लाको कूल जनसङ्ख्या ४३३०० मध्ये महिला २१८२५ तथा पुरुष २१४७५ छन् । ६ वर्ष उमेर भन्दा माथिका जनसंख्यामा ५९.८० प्रतिशत साक्षर रहेको देखिन्छ जसमा पुरुष ६७.९५ प्रतिशत र महिला ५२ं.४१ प्रतिशत रहेको देखिन्छ ।
थ. जिल्लाको खानेपानीको अवस्था :
जिल्लाबासीले पिउने पानीको प्रमुख श्रोतको प्रयोगको आधारमा खानेपानीको अवस्था ।
खानेपानीको श्रोत परिवार संख्या प्रतिशत
धारा/पाइप ८५५९ ८७.९०
ट्युवेल ० ०.०
इनार ढाकिएको ११ ०.१
इनार नढाकिएको ९५ १.०
मुल ९०६ ९.३
नदी/खोला १०६ १.१
उल्लेख नभएको २८ ०.३
स्रोतः राष्ट्रिय जनगणना, २०६८, केन्द्रीय तथ्यांक विभाग
थ. धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुः
विभिन्न जातजाती, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवं सास्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, हिमाल, मन्दीरका साथै रसुवागढी र वेत्रावती जस्ता ऐतिहासिक स्थलका अलवा क्याजिन उपत्यका जस्तो रमणीय स्थलहरू पनि रहेका छन । गोसाईकुण्ड (४३८० मिटर), भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, पार्वतीकुण्ड, तातोपानी, रसुवागढी र गुप्तेश्वर महादेव, कालिकास्थान मन्दिर, क्यान्जिन उपत्यका (उचाई ३५०० मि.) लगायतका अनेकौं धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको अवस्थितिले गर्दा यो जिल्ला धार्मिक, सास्कृतिक एवं पर्यटकीय गन्तव्यको हिसाबले धनी रहेको छ ।
द) प्रमुख व्यापारिक नाका तथा केन्द्रहरू
यस जिल्लाका प्रमुख व्यापारिक नाका रसुवागढी, मुख्य व्यापारिक क्षेत्रहरुः वेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुवेशी, चिलिमे, टिमुरे आदि हुन ।