जिल्ला विकास समिति रसुवाको आ.व. २०७२/०७३ को वार्षिक प्रगती समिक्षाको सारंश

जिल्ला विकास समिति रसुवाको आयोजनामा आ.व. २०७२/०७३ को वार्षिक प्रगती समिक्षा गोष्ठी २०७३ भाद्र १३ र १४ गते जिल्ला विकास समितिको कार्यालय धुन्चे,रसुवामा सम्पन्न भएको छ ।
स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गोष्ठीमा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, गाविस सचिव, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
उक्त दुई दिने कार्यक्रममा जिल्ला विकास समिति, विषयगत कार्यालय र गैरसरकारी संघ संस्थाहरुबाट गत आ.व. २०७२/०७३ मा सम्पन्न गरेका प्रगतीहरु क्रमश प्रस्तुतीकरण गरिएको थियो ।
गोष्ठीले सरकारी तथा गैरसरकारी संघसंस्थाद्धारा संचालित कार्यक्रमहरुमा दोहोरोपना हुन नदिनका लागि प्रत्येक महिनाको १ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अगुवाईमा र प्रत्येक महिनाको १६ गते जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीको अगुवाईमा जिल्लामा क्रियाशिल राजनीतिक दल, पत्रकार समेतलाई सहभागी गराई जिल्लामा विकास निर्माण संग सम्बन्धित कार्य गर्ने सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा आधिकारीक प्रतिनिधीले आफ्नो कार्यालय वा संस्थाको प्रगती र भावी कार्यक्रमको जानकारी आदान प्रदान गर्ने व्यवस्था मिलाउने, जिल्ला विकास समितिले जिल्लामा कार्यरत गैरसरकारी संघ संस्थाहरुको अभिलेख अद्यावधिक गरी संघ संस्थाहरुले गरेका क्रियाकलापहरुको नियमित अनुगमन गर्ने तथा राम्रो र उत्कृष्ठा कार्य गर्ने संघसंस्थाहरुलाई सम्मान गर्ने व्यवस्था मिलाउने. स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २११ तथा स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ को दफा ५८ मा भएको व्यवस्था बमोजिम जिल्ला विकास समितिले बार्षिक प्रगती समिक्षा कार्यक्रममा आमन्त्रण गर्दा वार्षिक प्रगती समिक्षा गोष्ठीमा अनुपस्थित रहेका सरकारी संस्थाहरु (सडक डिभिजन कार्यालय नुवाकोट, सहकारी डिभिजन कार्यालय नुवाकोट, विद्युत प्राधिकरण रसुवा, जिल्ला खेलकुद विकास समिति रसुवा, आर्युवेद स्वास्थ्य केन्द्र रसुवा) को बारेमा सम्बन्धित विभाग/मन्त्रालय र गैरसरकारी संघसंस्थाहरु युनिसेफ, सेभद चिल्ड्रेन, एलडब्लुएफ (द लुथरन विश्व फेडेरेशन नेपाल), नेपाल रेडक्रस सोसाइटी, हर्ड नेपाल, वतास फाउण्डेसन, परिवर्तन नेपाल, गोल नेपाल, ओएम नेपाल, डिप्रोक्स नेपाल, स्वास नेपाल, द एसिया अनलोस, सुआहारा लगायतका संस्थाहरुको बारेमा समाजकल्याण परिषद र सम्बन्धित दातालाई जानकारी गराउने लगायतको महत्वपूर्ण निर्णय गरेको छ ।

Skip to toolbar