आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. ३, हेटौंडा, मकवानपुरबाट मिति २०७६।०४।०९ गते नयाँपत्रिका दैनिकमा यस जिल्लाका सबै स्थानीय तह (गाउँपालिका)हरुमा कानूनी सहजकर्ता करार सेवामा लिने सम्बन्धमा प्रकाशित सूचना अनुसार जिल्ला समन्वय समितिको कार्यालय, रसुवामा तोकिएको म्यादभित्र आवेदन दर्ता गराई अन्तर्वार्तामा सामेल भएका उम्मेदवारहरु मध्ये स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति सम्बन्धी कार्यविधि, २०७६ मा व्यवस्था भए बमोजिमको मूल्याङ्कन मापदण्ड अनुसारको प्राप्त अङ्क र अन्तर्वार्तामा प्राप्त गरेको अङ्क गणना गरी कायम भएको कूल प्राप्ताङ्कका आधारमा देहाय अनुसारको योग्यताक्रम कायम हुन आएको हुँदा छनौट समितिको २०७६।०५।०५ को निर्णयानुसार सफल उम्मेदवारहरुलाई सेवा करारमा नियुक्तिका लागि सिफारिश गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।सफल उम्मेदवारहरुले नियुक्तिका लागि आगामी २०७६ भाद्र २० गतेभित्र आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. ३, हेटौंडामा सम्पर्क गर्नुहुन समेत जानकारी गराईन्छ।